
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
भक्तपुर,भाद्र १९ । तेजनेपाल
सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा नगरपालिकास्तरिय “मेयर कप अन्तर क्लब फुटसल प्रतियोगिता–२०८२” आगामी असोज २ गतेदेखि ४ गतेसम्म हुने भएको छ। सुर्यबिनायक नगरपालिकाको खेलाडीहरुलाई थप हौसला र प्रोत्साहन होस साथै धेरै भन्दा धेरै क्लब तथा खेलाडीहरुको सहभागिता होस भन्ने उद्देश्यका साथ यो प्रतियोगिताहरुको अअयोजना गरिएको समितिका सदस्य सचिव दिपक थापाले जानकारी गराउनु भयो ।
समितिले प्रतियोगितामा सहभागी हुन इच्छुक क्लबहरुलाई भदौ २२ गतेदेखि २९ गतेसम्म नगरपालिकाको कार्यालयमा दर्ता गराउन आग्रह गरेको छ। दर्ता स्थान समितिको सदस्य सचिवको कार्यकक्ष, सूर्यविनायक नगरपालिका कार्यालयमा रहनेछ। दर्ता समय बिहान १० बजेबाट दिउँसो ५ बजेसम्म तोकिएको छ।
सदस्य सचिव दिपक थापाका अनुसार प्रतियोगिताका नियम यसप्रकार छन्:
खेल १४ मिनेटको हुनेछ, जसमा ७–७ मिनेटको दुई हाफ रहनेछ।
सहभागी खेलाडीको उमेर १६ देखि ४० वर्षसम्म हुनुपर्नेछ।
खेलाडीहरू सूर्यविनायक नगरपालिकाभित्र स्थायी बसोबास गरेका हुनुपर्ने र नागरिकता, बसाइ सराइ वा जन्मदर्ता प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्नेछ।
रेड कार्ड पाउने खेलाडीले २ मिनेट मैदान बाहिर बस्नुपर्नेछ।
खेल बराबरी भएमा पेनाल्टीमार्फत निर्णय गरिनेछ।
प्रतियोगिताको क्रममा रेफ्री वा आयोजकको निर्णय अन्तिम हुनेछ।
टिम दर्ता निःशुल्क हुनेछ, खेलाडीको संख्या ८ जना रहनेछ।
चोटपटक भएमा आयोजकले सामान्य प्राथमिक उपचार मात्र उपलब्ध गराउनेछ।
खेलाडी वा प्रतियोगिता सम्बन्धी दावी विरोध पेश गर्दा प्रमाणसहित निवेदन दिनुपर्नेछ, जसका लागि रु. १००० शुल्क लाग्नेछ । दावी सहि ठहरिए शुल्क फिर्ता गरिनेछ, गलत भए शुल्क नगरपालिका कोषमा जम्मा गरिनेछ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि सम्पर्क नम्बर ९८४१३५८८४० / ९८५१०७५९१४ मा सम्पर्क गर्न सकिने समितिले जनाएको छ।