किशोर कुमारको ‘दिलको तारमा’ सार्वजनिक

काठमाडौं, भाद्र १९ । तेजनेपाल

गायक तथा संगीतकार किशोर कुमार शर्माको स्वर, शब्द र संगीतमा सजिएको नयाँ गीत ‘दिलको तारमा’ सार्वजनिक गरिएको छ। गीतलाई हिमाल श्रेष्ठले एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

गीतको भिडियोमा सुमन कुमार श्रेष्ठ र बिनिता दाहालको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन तथा निर्देशन केशव अधिकारी खत्रीले गरेका हुन् भने मेकअप रोजिना श्रेष्ठको रहेको छ ।

गीतको निर्माण कुसुम दीप नेपालले गरेको हो। पोस्ट–प्रोडक्सन तृष्णा फिल्म्स र तेज नेपाल मल्टिमिडियाले गरेका छन्। भिडियोलाई अझ आकर्षक बनाउन लुनाज कलेक्सन कौशल्टारले वर्डरोब उपलब्ध गराएको छ।

भिडियोको छायांकन आश्रय होमस्टे, मच्छेगाउँ, कीर्तिपुर गरिएको हो ।

गीतको भिडियो कुसुम दीप नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *