भाद्र १ गते भिमसेन स्थापना दिवस भव्यताका साथ मनाउने तयारी

ललितपुर ९ साउन । तेजनेपाल

सुनाकोठी क्षेत्रको विकास तथा ललितपुरलाई नै साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा बिश्वसामु परिचित गराउन थालिएको छ। यहि उदेश्यले सम्भवत विश्वकै सबैभन्दा अग्लो आराध्यदेव भिंद्यो अर्थात भीमसेनको आठौं स्थापना दिवस तथा भिं द्यो पुजा भाद्र १ गते आइतबार हुने भएको छ ।

आयोजक सुनाकोठी समाजका बिनोद डङ्गोलले सुनाकोठी समाजले वार्षिक रुपमा आयोजना गर्दै आएको भीमसेन जात्रालाई भविष्यमा पनि निरन्तरता दिइने बताए । उनका अनुसार मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्गो ढुङ्गाबाट धेरै मेहनतपछि भीमसेनको मूर्ति बनाइएको हो

सुनाकोठीमा भव्य तामझामका साथ आठौं वार्षिक उत्सव मनाउने तयारी अन्तिम चरणमा समेत रहेको आयोजक समितिका सदस्य रुपेश डंगोलले जानकारी दिए । सदस्य डंगोल गायक पनि हुन् । उनले दर्जनौ गीतसंगीतमा आवाज भरेका छन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *