शार्क ट्यांक नेपालमा ओरेन्ज बलले पायो एक करोड लगानी

काठमाडौ, साउन ७ । तेजनेपाल

नेपालमा पहिलो पटक शुरु भएको लगानीकर्ता खोज्ने फ्रेन्चाइज कार्यक्रम शार्क ट्यांक नेपालको छैंटौ एपिसोडमा हाइजीङ सम्बन्धी नेपालकै पहिलो एमबिआर फिमिग्रेसन फर क्वारेन्टाइन पेस कम्पनी ओरेन्ज बलले एक करोडको लगानी पाएको छ । उद्यमी तथा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र कम्पनीका सिइओ एवं फाउन्डर विद्यानन्द झाबीच एक करोडको डील भएको हो ।

कम्पनीमा भित्रीएको लगानी हाइजिङ, स्पेलाइजेसन प्रेस कन्ट्रोल, फिमिग्रेसन डीप क्लिनिङ, सेलो फिमिग्रेसन, क्वारेन्टाइन प्रिएण्ड पोष्ट सीपमेन्ट फिमिग्रेसन लगाएतका सेवामा थप विस्तार गर्नेछ ।
ओरेन्ज बल कम्पनीले बिगत १३ वर्षदेखी हाइजिङका क्षेत्रमा सेवा दिदै आएको छ । यस कम्पनीले कर्पोरेट हाउस, होटल, कार्यालय, घर लगायत ग्राहकको चाहना अनुसार जुनसुकै स्थानमा गएर सेवा दिदै आएको छ । मुसा मार्ने, उडुस मार्ने धमिराको समस्या हल गर्ने देखि कार्यालय, होटल घर लगाएतका कोठा सफा गर्ने, टायल किलिनिङ, बाथरुम किलिनिङ, ट्वाइलेट किलिनिङ लगायतमा सफा गर्ने कामहरु गर्दै आएको छ । कम्पनीले १०० प्रतिशत ग्यारेन्टीका साथ मुसा, धमिरा, उडुस लगायतको समस्या हल गर्ने दाबी गरेको छ । कम्पनीले काम सुरु गर्नुभन्दा अघि सुरुमा सेवा दिने स्थामा भिजिट गरेर काम गर्न सक्ने नसक्ने जानकारी दिने दाबी गरेको छ । कम्पनीले ग्यारेन्टी लिएको कामका लागी डील भएको भन्दा बढी सेवा दिनु परे कतिपय सेवाको कष्ट समेत नलिने गरेको सिईओ झाको दाबी छ । कम्पनीले हालसम्म पाँच हजार बढी जनालाई सेवा दिइसकेको छ । भुकम्पको महामारी, नाकाबन्दी कोरनाको समय समेत झेल्दै आएको कम्पनीले हालसम्म पाँच हजार जनालाई एक लाख बढी सेवा दिएको छ । कोरोनाको बेला प्रहरी चौकी,सार्वजनिक स्थल लगायतमा फ्रि सेवा दिएको कम्पनीको दाबी छ । कम्पनीमा सेवा लिएका ७० प्रतिशत कस्टुमर रिर्टन छ । कम्पनीले कक्रोजका लागी ६ महिना उडुसका लागी एक वर्षको ग्यारेन्टी समेत दिएको छ । कम्पनीले बिटु बी र बिटुसी गरि दुई मोडलबाट सेवा दिदै आएको छ । कम्पनीको प्रतिशत बि टु बी मोडलबाट ८० प्रतिशत र बिटुसी बाट २० प्रतीशत रेभिन्यु जेनेरेट र कम्पनीको ग्रस मार्जिन ५४ प्रतिशत रहेको कम्पनीको दाबी छ । कम्पनीको लाष्ट इएर १ करोड ३३ लाख रेभिन्यु छ । यस वर्ष २०२५मा भने कम्पनीले २ करोडको रेभिन्यु गर्ने लक्ष लिएको छ । कम्पनीको १२ प्रतिशत नेट मार्जिन रहेको छ ।
हालै कम्पनीले भारतीय कम्पनीसँग फिमिग्रेसन च्याम्बरका लागी अन्तराष्ट्रिय टाइअप समेत गरेको छ ।
कम्पनीको इन हाउस टिममा २० जना रहेका छन् भने अन्य ५० जनालाई सिजनमा रोजगारी दिने कार्यकारी निर्देशक झाको भनाइ छ । कम्पनीमा सिईओ झा सहित उहाँको श्रीमती पुजा श्रेष्ठ र एक जना अन्य व्यक्ति अमर श्रेष्ठ फाउन्डर हुनुहुन्छ । जसमध्य सबैभन्दा धेरै ८५ प्रतिशत सिईओ झाको लगानी रहेको छ ।
१० प्रतिशत इक्युटी शेयरमा १ करोड लगानी माग गर्न शार्क ट्यांक नेपालमा झा पुग्नु भएको थियो । तर, डिल फाइनल हुँदा १५ प्रतिशत सेयरमा १ करोड लगानी गर्न सौरभ ज्योती तयार हुनु भएको हो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *