
काठमाडौं ५ साउन । तेजनेपाल
बरिष्ठ चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा बनेको लिम्बु भाषाको गीत ‘ए फुंङ्’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो जेपिजे इन्टरटेन्टमेनको अफिसियल युट्युन च्यानलबाट सार्वजनिक भएको छ ।
गीतमा विवश बेनामको शब्द, मनि ताम्लिङ्गको संगीत र दिपा सुहाङ्गको मिठो स्वर संग्रहित छ । सुमन थाम्सुहाङग र नविना सम्वाहाम्फेको मुख्य भूमिका रहेको भिडियोमा बिजेता लिम्बु, सोनिया लाबुङ्ग, निरा नेम्बाङ्ग आदिको पनि अभिनय देख्न सकिन्छ ।
अमेरिकाको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सम्राट कार्कीले खिचेका हुन् भने सम्पादन मन्दिल श्रेष्ठ, कलरिङ्ग बिनय कंशाकारको रहेको छ ।