फिल्म ‘परिवार’ बन्दै

काठमाडौ, साउन ५ । तेजनेपाल

‘बाटो’ निर्देशक मदन थापाको निर्देशनमा फिल्म ‘परिवार’ निर्माण हुने भएको छ। काठमाडौंमा शुक्रबार बिहान शुभमुहूर्त गर्दै निर्माणपक्षले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो।

फिल्मको छायांकन समेत शुक्रबारबाटै सुरू गरिएको निर्माणपक्षले जनाएको छ। 

निर्देशक थापाले यसअघि ‘बाटोः रोड टु डेथ’ निर्देशन गरेका थिए भने भदौ २७ गते रिलिज हुने फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ मा क्रिएटिभ निर्देशकको रूपमा समेत काम गरेका छन्।

निर्माणपक्षले ‘परिवार’ को अनाउन्समेन्ट पोस्टर समेत सार्वजनिक गरेको छ। जसअनुसार फिल्मले परिवारमा रहेको द्वन्द्वको कथा भन्ने संकेत गरेको छ। यसमा कलाकारहरू को–को छन् भन्नेबारे निर्माणपक्षले कुनै जानकारी दिएको छैन। 

फिल्मको निर्मातामा किरण रिजाल, रमेश शाही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल छन् भने सह–निर्माता सन्तोष अधिकारी हुन्। त्यस्तै, लाइन प्रोडयुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन्।

कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका हुन्। फिल्ममा नीरज कँडेलको डिओपी विशेष महर्जनको सिनेम्याटोग्राफी रहनेछ। 

रे अफ आर्टको प्रस्तुति रहने फिल्ममा भिसा आई फिल्मस् र शाही फिल्म प्रोडक्सनको पनि सहकार्य रहनेछ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *