मौलिक तीज गीत”तीज आयो साथी सङ्गी” सार्वजनिक

काठमाडौ, असार २० । तेजनेपाल

नेपाली साहित्यिक क्षेत्रको कथा, कविता, उपन्यास, मुक्तक र गीत लगायतका बिबिध बिधामा कलम चलाइरहनु भएका गीतकार रावल जनक तथा अमेरिकाको बोस्टन निवासी गायिका सुशिला बस्नेत तिमिल्सिनाको सहकार्य रहेको मौलिक तीज गीत ” तीज आयो साथी सङ्गी” सार्वजनिक भएको छ । गीतको भिडियो गायिका सुशिला बस्नेतको अफिसियल युट्युब च्यानल सुशिला बस्नेत तिमिल्सिनाबाट बजारमा आएको हो ।

उछृङ्खल, छाडा, उत्ताउलिपनका गीतसङ्गितले बजार तताइरहेको परिवेशमा बिशुद्ध नेपाली मौलिक पाराको गीतको अडियो र भिडियो दुबै सार्वजनिक गरिएकोछ। तीज आयो साथी सङ्गी बोलको यस गीतका गीतकार तथा सङ्गितकार रावल जनक, एरेन्जर सन्दिप कार्की, स्वरमा गायिका सुशिला बस्नेत तिमिल्सिना, अडियोको मिक्सिङ/मास्टेरिङ बिशन मानन्धर ( हार्मोनिक डिजिटल स्टुडियो) र मनोज परियार ( स्टुडियो आफ्नो मन), रेकर्डिस्टमा नेपालबाट बिक्रम थापा ( हार्मोनिक) र अमेरिका न्युयोर्कबाट ॐ कर्माचार्य रहेको छन। म्युजिक भिडियोको निर्देशन केशव राज भट्टले गरेका छन भने गीतमा मोडेल जुना कार्की र नित्या शर्मा आचार्यको मनमोहक नृत्य प्रस्तुत गरिएको छ। नेपाल र अमेरिका दुबै देशमा छायाङ्कन गरिएको गीतले नेपाली नारिहरुको महान चाँड हरितालिका तीजलाइ अवस्य पनि जिउँदो राख्नेछ।
अमेरिकामा बसेर लामो समयदेखी नेपाली गीतसङ्गितलाइ माया गर्दै आउनुभएकी गायिका सुशिला बस्नेतका विभिन्न गीतकारको शब्द तथा सङ्गितकारको सङ्गितमा राधा कृष्ण, धेरै दिन, सलाम छ मायालाइ, तिम्रो मायाको, तिम्रो मन लगायत थुप्रै नेपाली गीतहरुको साथमा मेरि माँ बोलको हिन्दी गीत यस अघि नै सार्वजनिक भैसकेका छन भने लेखक, कथाकार, गीतकार, सङ्गितकार एबं गायक रावल जनकका थुप्रै सुमधुर नेपाली गीतहरु सार्वजनिक भैसकेका छन।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *