
सरकारले स्कुलमा मातृभाषा व्यवस्थित रुपमा अध्यापन नगराएको प्रति आपत्ति
ललितपुर, असार १८ । तेजनेपाल
नेपालभाषा सहजकर्ता पुचः ललितपुरको आयोजनामा अष्टमाया स्मृति प्रतिस्थानको सहयोगार्थ नेपालभाषा पाठवाचन र अष्टमाया बाबुकाजी सिरपा ११४५ कार्यक्रम अशोक पार्टी प्यालेसल, बालिफलमा शनिबार सम्पन्न भएको छ ।
नेपालभाषाको शैक्षिक इतिहासमै प्रथम पटक आयोजना गरिएको पाठ वाचन प्रतियोगितामा ३६ वटा विध्यालयले सहभागीता जनाइएको थियो । विद्यार्थीहरुले पाठ गरेर सम्पूर्ण दर्शकहरुको मन जित्न सफल भएको कार्यक्रममा अष्ट माया फाउण्डेशनका प्रमुख बाबुराजा महर्जनले क्रमश प्रथम हुन सफल श्री मिननाथ आदर्श शिक्षा सदन मावि, विना महर्जनको विद्यार्थी नीकिता बोलाखेलाई नगद पुरस्कार ३,५००÷— , दोश्रो हुन सफल श्री ललित विकास मा।वि, रविना महर्जनको विद्यार्थी पिंकी कुमारी रामलाई नगद पुरस्कार ३,०००÷— तथा तेश्रो हुन सफल श्री कृषि उदय मा।वि, उपा सिं महर्जनकाको विद्यार्थी कविता मगरलाई २,५००÷— नगद पुरस्कार दिनु भएको थियो ।
उत्कृष्टतता आधारमा श्री टिका विद्याश्रम मा।वि।, ममता अवालेका विद्यार्थी गोरिवन्द भट्ट, श्री संचतेना मा।वि।, सन्जु बज्राचार्यका विद्यार्थी सकृय लामा, श्री श्रमिक शान्ति मा।वि।, गंगा बज्राचार्यका विद्यार्थी खुसि कुमारी चौधरी, श्री जल्पा मा।वि।, निर्मला राजपुतका विद्यार्थी रोजिना सुनार, श्री पद्य प्रकाश मा।वि।, ऋतु महर्जनका विद्यार्थी इशिता वि।क।, श्री जनउदय मा।वि।, पवित्र कुमार महर्जनका विद्यार्थी रोजी लामा, श्री बालकुमारी मा।वि, सृजना महर्जनका विद्यार्थी पार्वती तामाङ्गलाई ७ जनालाई नगद २०००÷— प्रत्येक विद्यार्थीलाई प्रदान गरिएको थियो ।
विद्यार्थीहरुको व्यक्तित्व विकास तथा नेपालभाषा संरक्षण सम्बर्द्धन प्रवर्द्धन गर्ने उद्वेश्यले आयोजना गरिएको कार्यक्रममा निर्णायकको भुमिका भाषाविद् विष्णु चित्रकार, नेपाल प्रज्ञा प्रतिष्ठान अध्यक्ष अगिब बनेपालिले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
कार्यक्रमका अतिथि सह प्रा। तुल्सीलाल सिंहले ललितपुर महानगरपालिकाका नेपालभाषा अध्यापन गराउने शिक्षकहरु एक सय एक भएको चर्चा गरे । उनले विद्यार्थीहरुको बौद्धिक विकासका लागि अतिरिक्त क्रियाकलाप एक दम सह्रानिय भएको जनाए । जसबाट नेपालभाषा शिक्षकहरुको शिक्षण विधि कार्य कहाँ सम्म पुग्यो रु भनेर जाँच गर्न महत्वपूर्ण रहेको जनाए ।
कार्यक्रमका अतिथि अष्टमाया फाउण्डेशनका प्रमुख बाबुराजा महर्जनले नेपालभाषा विषय ललितपुर नगरपालिका अनिवार्य मात्रै नभई अन्य जिल्लाहरुमा समेत नेपालभाषा समावेश गराउन सफल हुनेमा आफू आशावादी रहेको जनाए । उनले हाम्रो मातृभाषा सधैं जिवित बनाई राख्नु पर्ने सबैले थाहा भएता पनि आजकल हाम्रो भाषा हाम्रा बालबालिकाहरूले बोल्न छोड्दै गरेको अवस्थामा सम्पूर्ण भाषाप्रेमी, शिक्षकहरुले निरन्तर रुपमा लागेको खण्डमा सधैं जिवीत रहने जनाए ।
नेवाः देय् दबूबाट अतिथिका रूपमा पाल्नु भएका सरलगोपाल महर्जनले नेपालभाषा पठनपाठन गर्ने अहिले प्राप्त अवसरलाई नचुकाइकन सरकारी विद्यालयमा मात्रै सीमित नराखी निजी विद्यालयहरुमा नेपालभाषा अध्यापनमा गराउन सफल भएमा मात्रै हाम्रो कला, संस्कृति तथा भाषा संरक्षण हुने जनाए ।
कार्यक्रमका अतिथि एवम् निर्णायक भाषाविद् बिष्णु चित्रकारले गणतन्त्र कालमा समेत मातृभाषा विद्यालयमा व्यवस्थित रुपमा अध्यापन नगराएको प्रति गम्भीर आपत्ति जनाए । उनले नेपालभाषा स्थानीय तहमा अनिवार्य गराउन एकपटक सबैले पटक पुनः संघर्ष गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालभाषा केन्द्रिय विभागका नेपालभाषा उप प्रा। जीवनकुमार महर्जन, क्लासिक जेम प्रोपाईटर कृष्णलाल महर्जन, आर बि डाइमण्डबाट सरिता महर्जन, काठमाडौं नेपालभाषा स्यनामि पुचः प्रतिनिधि विद्या चित्रकार, लगायत अतिथीहरूले सहभागिता जनाएको थियो ।
सो कार्यक्रमा प्रमुख अतिथी ललितपुर महानगरपालिकाका सामाजिक कल्याण संयोजक एवम् नगर प्रवत्ता राजु महर्जनले “ललितपुर महानगरमा कक्षा चारमा नेपालभाषा अध्यापनका पाठ्यक्रम तयारी भईसकेको जनाए । साथै ललितपुर महानगरमा १५ जनाको नेपालभाषा अनुगमन कमिटी बनाउने कार्य भईरहेको जनाए । कार्यक्रम पवित्रकुमार महर्जनका सभापतित्वमा सम्पन्न भएकाे थियाे ।