उदयमान गायक सुवास रेग्मीको “गोर्खा बजार” सार्वजनिक

काठमाडौ, असार ५ । तेजनेपाल

गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ८ बुंकोटमा जन्मिएका उदयमान कलाकार सुवास रेग्मीले लामो संघर्षपछि आफ्नो पहिलो “गोर्खा बजार” बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरेक छन । आफ्नै सुबास रेग्मी युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन । गायक तथा मोडल सुबास रेग्मीको थेगो संकलनमा निर्माण भएको गीत रमेश परियारको शब्द, धिरज पाल्पाली श्रेष्ठको लयमा बनेको गीतमा गायक सुबास रेग्मी र गायिका शान्ति श्री परियारको आवाज रहेको छ । भिडियो निर्देशन मुकेश नेपालीले गरेका हुन् । म्युजिक भिडियोमा मोडल रेग्मी र पछिल्लो समयकी भाइरल टिकटकर ममता राना मगरले अभिनय गरेका छन् । भिडियोको सम्पादन राजकुमार मगरले गरेका छन् ।

रेग्मीले गीतसङ्गीतकै संघर्षको यात्रामा विभिन्न च्यानलहरु मार्फत करिब दुइ दर्जन भन्दा धेरै प्रत्यक्ष दोहोरीहरु पनि गायका छन। गायक रेग्मी विभिन्न संघ सस्थाका आयोजनामा भएको प्रतियोगीताका समेत प्रतियोगी कलाकार हुन। भन्छन गित सङ्गीतमा चर्चा र सफलता पाउन नसकेता पनि साङ्गितिक यात्रा लाई बिट मार्न भने पटकै सक्दिन । मौलिक संस्कृतिलाई संरक्षण गर्दै नयाँ केही गरौ भनी आफ्नै गाउँ परिवेशलाई समेटेर मौलिक लोक दोहोरी भाकामा नयाँ अनि आफ्नो जिवनको पहिलो अफिसियल गित लिएर आएको बताउदै सम्पुर्ण तमाम भगवानरुपि गीत संगीतप्रेमी नेपाली दर्शक श्रोताको साथ सपोर्ट र माया पाउने आशा रहेको गायक रेग्मीले बताए ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *