
काठमाडौ, असार ४ । तेजनेपाल
छक्का पन्जा सिरिज चलचित्रका लोकप्रिय संगीतकार दीपक शर्माको संगीत रहेको ” भेट्दिन राती रातीमा” बोलको गीतको म्युजिक भिडियो मङ्गलबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । लसता जोशी र सुभास मण्डलको स्वर रहेको सो गीतको रचनाकार पनि दीपक शर्मा नै हुनुहुन्छ । सार्वजनिक गरिएको भिडियोमा नेपालभाषाको मनोरन्जन क्षेत्रका लोकप्रिय नायिका भिन्तुना जोशीको साथमा यसराज गराचको अभिनय रहेको छ । यो भिडियो को निर्देशक सुब्रत आचार्य हुनुहुन्छ ।
गीतको सार्वजनिकिकरण कार्यक्रममा चलचित्र अन्वेषक प्रकाश सायमि, गायक जुजुकाजि रन्जित, संगीतकार न्ह्यू बज्राचार्य, अग्रज पत्रकार विजयरत्न तुलाधरका साथमा गायिका लसता र नायिका भिन्तुनाकि आमा नगिना जोशीले म्युजिक भिडियो बारे आफ्नो मन्तव्य राख्नु भएको सो कार्यक्रम सिडिसि मलमा सम्पन्न भएको हो ।