
काठमाडौ, असार ३ । तेजनेपाल
गायक तथा कुशल उद्घोषक बिनोद लामाको नयाँ गीत जिन्दगी Landryang छिट्टै बजारमा सार्वजनिक हुदैछ । लामो समयदेखि सांगितिक क्षेत्रमा आफ्नो थुप्रै गीत संगीत पस्किसकेका गायक बिनोद लामा आफैमा एक कुशल उदघोषक पनि हुन । थुप्रै मेला महोत्सव र कार्यक्रममा कुशल उदघोषकको भुमिका निर्वाह गरिसकेका लामाले उदघोषणसंगै आफ्नो गायन कलालाई पनि अघि बढाउदै दर्शकश्रोता सामु आफ्नो गीत र म्युजिक भिडियो बजारमा ल्याउन लागेको बताए । गीतमा स्वर शब्द संगीत गायक लामाकै रहेको छ भने एरेन्ज बिनय कार्कीको रहेको छ भने मिस्किङ्ग मास्टरिङ साजान शाहको रहेको छ । आरोही इन्टरटेन्ट्मेन्टको प्रस्तुतिमा यो गीत र भिडियो छिट्टै बजारमा आउन लागेको गायक लामाले बताए ।