
काठमाडौ, जेठ २७ । तेजनेपाल
फेसन पारखीहरुका लागि खुशीको खबर । काठमाडौंको घट्टेकुलोमा नयाँ फेन्सी स्टोर सौम्या कलेक्सन सञ्चालनमा आएको छ ।
सोमवार एक विशेष समारोहका बीच गायिका मञ्जु थापाले सौम्या कलेक्सन उद्घाटन गरेकी छिन् । डिल्लीबजारस्थित पिपलबोट–घट्टेकुलो मार्गमा रहेको सौम्या कलेक्सनसञ्चारकर्मीद्वय गीता अधिकारी तथा रिना श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।
सञ्चारकर्मी अधिकारीका अनुसार यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ ।
सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिएकी थिइन् । उक्त अवसरमा सञ्चार क्षेत्रका साथै गीत–संगीत तथा कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो ।
सञ्चारकर्मी अधिकारी तथा श्रेष्ठलाई नयाँ व्यवसायकको सफलताको शुभकामना ।