
काठमाडौं, जेठ २५ । तेजनेपाल
पछिल्लो समय मोडलिङमा आफ्नो स्थान बनाउदै गरेकी मोडेल अञ्जु सुनार अभिनित “दुनियाँ भुलेर” सार्वजनिक भएको छ । नृत्यमा पनि उत्तिकै अब्बल उनीले यस लगायत थुप्रै भिडियोमा अभिनय गरिसकेकी छिन । पछिल्लो समय निकै व्यस्त उनी एक सफल डान्सर तथा कोरियोग्राफर पनि हुन । अहिले मेला महोत्सव देखि लिएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा पनि निकै व्यस्त उनीलाई काम गर्न भ्याई नभ्याई छ । आफू अभिनित भिडियो दर्शकले मनपाईदिनु भएकोमा सम्पुर्ण दर्शक प्रती हार्दिक कृतज्ञता भएको उनले तेजनेपाललाई सुनाईन । अगामी दिनमा पनि यस्तै माया अनि साथ सपोर्ट पाउने उनको आशा रहेको छ ।
हालै सार्वजनिक गीतमा अभिनयमा मुकेश अधिकारीले साथ दिएका छन भने निर्देशन संगीत सागर बुर्जा, छांयाकन विस्वास भण्डारी, सम्पादन पदम सुवेदी, मेकअप रुपा मानन्धरको रहेको छ । गीतमा स्वर शब्द तथा संगीत प्रसान्त सिवाकोटीको रहेको छ भने गायक स्वयमको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।