काठमाण्डौ, जेठ २२ । तेजनेपाल
लोकप्रिय गायिका शान्ति श्री परियार र दोहोरी स्टार गायक धिरज कोइरालाको सुमधुर आवाजमा सजिएको सिंगै जोवन दिन्छु बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा
शब्द बिक्रम बाबू विश्वकर्मा, संगीत एरेन्ज शिव कलौजे मगर, मिक्सिङ मास्टरिङ्ग बिमल छिनालको रहेको छ ।
बिक्रम चौहानको निर्देशन, कोरियोग्राफीमा तयार पारिएको भिडियोमा धिरज कोइराला, बिजय पुन, गुड्डु तामाङ, बिना पोर्टेल लगायतको धमाकेदार अभिनय र डान्सिङ रहेको छ । भिडियोको छांयाकन लोकेश ओली, सम्पादन लक्ष्मण चौहानको रहेको छ ।
भिडियो धिरज कोइराला अफिसियल युटुब मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई सक्दो माया शेयर, माया, गरिदिन गायक धिरज कोइराला र टिमले आफ्नो भगवानरुपी दर्शक श्रोतामा आग्रह गरेका छन । त्यस्तै गायक कोइरालाले अडियो भिडियो लगायत सम्पूर्ण कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई पनि हार्दिक कृतज्ञता व्यक्त गरेका छन ।

