
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
काठमाडौ, जेठ २२ । तेजनेपाल
गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीतको अफिसियल भिडियो यहि शुक्रवार सार्वजनिक हुने क्रममा रहेको छ । गायक स्वयमको अफिसियल युट्युब च्यानल थुमन शर्मा मार्फत सार्वजनिक हुन लागेको उक्त गीतमा शर्माकै स्वर, शब्द र संगीत रहेको छ ।
लामो समयदेखि सांगीतिक यात्रामा निरन्तर पाईला चालिरहेका गायक शर्मा यो गीत र भिडियोबाट निकै आशावादी रहेको बताउछ्न । भिडियोलाई दिप गुरुङले निर्देशन गरेका छन भने कृस गुरुङ्र, लक्ष्मी गुरुङको अभिनय तथा नृत्यले भिडियोलाई थप उत्कृष्ट बनाएको गायक शर्माको भनाई छ । सबैले गीतमा टिकटक भिडियो बनाईदिन र भिडियो र थुमन शर्मा युट्युब च्यानललाई सस्क्राइब, शेयर र लाईक गरि साथ सपोर्ट र माया गरिदिनका लागि पनि सम्पुर्ण भगवानरुपी दर्शकसंग आग्रह गरेका छन ।
लामो समयदेखि परदेशमा दु:ख संघर्ष गर्दै गर्दा आफुले केही समय नेपाली गीत संगीत क्षेत्रमा अझै राम्रो राम्रो सिर्जना गर्नलाई आफू कहिले पछि नहट्ने र निरंतरता दिने कुरामा पनि सदैव लागि परेको बताउछन । हामी नेपाली अर्काको देशमा जति दु:ख गरेपनी आफ्नो देश, संस्कृति, गीत संगीतको माया सधैं नै लागिरहने बताउने गायक शर्मा समय निकालेर नेपालमै आएको बेला आफ्नो सिर्जनाहरु सार्वजनिक गरिरहेको बताउछन ।
छिट्टै सार्वजनिक गर्न लागेको कान्छी द लालुपाते गीतको अडियो भिडियोसंगै केही नयाँ गीतहरु पनि रेकर्डिङ गरिसकेको र केही समयपछी समयानुकुल बजारमा सार्वजनिक गर्ने कुरा पनि गायक शर्माले तेजनेपाल लाई बताए ।
तलको दिएको लिंक क्लिक गरि च्यानललाई साथ सहयोग र सपोर्ट गरिदिनु होला ।