
काठमाडौं, जेठ १७ । तेजनेपाल
एकपछि अर्को गीतको भिडियो दर्शक, श्रोतामाझ पस्कदै आइरहेका लोकप्रिय गायकहरु रामकुमार नेपाली, अमृत भारती, गंगा सोनम र गायिका संचिता नेपालीको स्वरमा ‘बेलवटम’ बोलको दोहरी गीतको भिडियो सार्वजनिक भएको छ ।
अमृत भारतीको शब्द, रामकुमार नेपालीको संगीत रहेको गीतको भिडियोमा सञ्जीव ठकुरी, दिपेन्द्र सोनम, मिना परियार, यमुना मगर, राजकुमार ठकुरी लगायत साथमा गायक, गायिका फिर्चड छन् । यसमा सन्तोष तिमल्सिनाको छायांकन, सञ्जीव ठकुरीको निर्देशन रहेको छ ।