
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
काठमाडौ, जेठ १७ । तेजनेपाल
मिति २०८२/०२/१३ गते अन्दाजी १२ बजेको समयमा झापा जिल्लाको मेचिनगर नगरपालिका ११ कालिका सामुदायिक बनको भित्री स्थानमा लागुऔषध बिक्री बितरण तथा सेबन भैरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध ब्युरो काकडभिट्टा संयुक्त प्रहरी टोलिले नियमित रुपमा लागुऔषध सेवन गर्ने दुर्व्यसनीहरु भेला जम्मा भैरहेको अवस्थाका ४३ जना पुरुषहरुलाई पक्राउ गरी निजहरूले प्रयोग गर्ने १४ थान मोटरसाइकल , अटोरिक्सा एक थान, मारुती भ्यान एक थान पनि नियन्त्रणमा लिएको छ । पक्राउ पश्चात निजहरूको घरपरिवारको सदस्यहरु तथा आफन्तहरुलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइ नियन्त्रणमा लिइएका मानिहरु साथै आफन्त घरपरिवारको सदस्यलाई समेत आवश्यक परामर्श दिई नियमित निगरानी गर्न परिवारलाई जिम्मा लगाइएको र परिवारकै सहमतिमा सुधारको लागि केहीलाई सुधारकेन्द्र तर्फ पठाउन पहल भैरहेको जानकारी जिल्ला प्रहरी कार्यालयले जानकारी गराए ।
साथै त्यसै स्थानमा लागू औषध बेचबिखन तथा कारोबार गर्ने तत्काल फरार रहेकाको खोजतलास गर्ने क्रममा २०८२/०२/१४ गते झापा जिल्लाको मेचिनगर नगरपालिका ११ बस्ने १८ बर्षिए सनिल मेछे ऎ.ऎ वडा नम्बर १२ बस्ने २५ बर्षिय अजय मेचेलाई जिल्ला प्रहरी झापा बाट प्रहरी निरीक्षक बिजय चौहान र लागुऔषध ब्युरो काकडभिट्टाको प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछाने सहितको टोलिले प्रतिबन्ध ब्राउन सुगर प्लास्टिक सहित २.८१ ग्राम र १७८ ग्राम प्लास्टिक सहित बरामद गरेको छ । ट्रामाडोल १६ ट्याब्लेट,एन्टिकोफ १६ ट्याबलेट spanin १५ ट्याबलेट नगद रु १८,४०० रेडमी मोबाइल एक थान सहित नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाही भैरहेको छ ।