
काठमाडौ, जेठ ९ । तेजनेपाल
गायिका तथा समाजसेवी कबिता राउतको स्वर शब्द तथा संगीतमा रहेको “अब लागि परौ” बोल रहेको गीत सार्वजनिक भएको छ । स्वस्थ रहौ योग गरौ भन्ने सन्देश बोकेको उक्त गीत र म्युजिक भिडियो स्वयम् गायिका कविता राउतकै आफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । विभिन्न रमणीय स्थानहरुमा छाँयाकन गरिएको भिडियोको निर्देशन पनि स्वयम् गायिका राउतले नै गरेकी हुन । गीतमा मदन सुफिक्सको संगीत संयोजन (एरेन्ज) रहेको छ भने भिडियोमा साजन पराजुलीको छाँयाकन तथा सम्पादन रहेको छ ।