सरकारकाे असहयाेगका कारण राजिनामा दिन बाध्य भएकाे अध्यक्ष चाैधरीकाे भनाई

दाङ, वैशाख २ । तेजनेपाल

लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले पदबाट राजिनामा दिनुभएको छ ।आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राजिनामा दिएको घोषणा गर्नुभएको हो ।

आफू पूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रिपरिषदको निर्णय बाट ४ वर्षका लागि जग्गा एकीकरण समितिको अध्यक्ष पदमा नियुक्ति भई कार्यसम्पादन गर्दै आएकोमा वर्तमान प्रदेश सरकारले कार्यकाल कायम रहेकै अवस्थामा नेपाली कांग्रेस निकट सुशील कुमार बस्नेत(सुनिल) लाई अध्यक्ष बनाएपछि चाैधरीले पद बहालीका लागि उच्च अदालत तुलसीपुरमा रिट हाल्नु भएको थियो । रिटको सुनुवाइ गर्दै अदालतले चाैधरीलाई अहिलेको अवस्थामा काम गर्न नरोक्नु भनी अल्पकालीन स्टे अडर गरेको थियोे । लामो समय सम्म अध्यक्षमा चाैधरी र बस्नेत दुवैले कार्यालयमा आई हाजिर गरिरहेको अवस्थामा सरकारको आग्रहलाई स्वीकार गर्दै अध्यक्ष चाैधरीले बस्नेतलाई काम गर्न दिई सहकारलाई सहयोग होस् भन्ने उद्देश्यले राजिनामा दिएको बताउनु भयो ।

चाैधरी अध्यक्ष पदमा रहदा करिव साढे २ वर्षको अवधिमा गढवा गाउँपालिकाको वडा नम्बर १, सितगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ तथा राप्ती गाउँपालिकाको वडा नम्बर २ स्थित कठाहामा जग्गा एकिकरणको केही कामको सुरूवात गरेको चाैधरीले बताउनु भयो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *