नायक आर्यन, बिना र समिक्षासंगै गायक रुद्रसेन विश्वकर्माको होली सरर

काठमाडौ, फाल्गुन २४ । तेजनेपाल

गायक रुद्रसेन विश्वकर्माले होली पर्वलाई लक्षित गर्दै ‘होली सररर’ गीत सार्वजनिक गरेका छन् । गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रुद्रसेनकै शब्द, संगीत समावेश छ ।

गीतलाई योगेश काजीले एरेञ्ज गरेका छन् भने मिक्सिङ मनोज परियारले गरेका छन् । म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, बिना राउत र गायक स्वयंको दमदार अभिनय रहेको छ । भिडियोको निर्देशन प्रदीप कुमार रसाइलीले गरेका हुन् ।

गायकले भने, ‘यो गीतले होलीको उमङ्ग बढाउनेछ, सबैले होलीमा नाच्दै रमाउने आशा राखेको छु ।’

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *