रहेनन कलाकार संघका पुर्व महासचिव कलाकार चेत बहादुर सिंह

काठमाडौ, फाल्गुन १६ । तेजनेपाल

चलचित्र कलाकार संघका पूर्व महासचिव तथा कलाकार चेत बहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार साँझ निधन भएको हो । 

सिंहको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा निधन भएको हो । उनी केही समयदेखि अस्वस्थ रहेको वुझिएको छ ।

उनी पछिल्लो केही समयदेखि जण्डिसबाट पीडित थिए । उपचारका लागि टिचिङमा भर्ना भएका उनको आज निधन भएको हो । उनको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार पनि गरिएको छ । सम्पुर्ण कलाकर्मी लगायतले उनलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

चेत बहादुरले फिल्म निर्माणसँगै दुई दर्जन बढी फिल्ममा काम समेत गरेका छन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *