बढ्यो पेट्रोलको मुल्य

काठमाडौं, फागुन ३ । तेजनेपाल

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ  । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०।५८ रुपैयाँले बढेर र डिजेलमा  ३।५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । 

निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो । 

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *