काठमाडौ, असार २५ । तेज नेपाल
विश्वकपको इतिहासमा पहिलो पटक ५ पटकको च्याम्पियन ब्राजिल र ४ पटकको च्याम्पियन जर्मनी दुवै टोली क्वाटरफाइनल बाहिरिएका छन्।
क्वाटरफाइनल प्रणाली लागू भएका १७ संस्करणमध्ये ब्राजिल र जर्मनीले १० पटक एकैसाथ अन्तिम आठमा स्थान बनाएका थिए। तर सन् २०२६ विश्वकपमा भने यी दुई फुटबल महाशक्ति दुवै क्वाटरफाइनल पुग्न असफल भएका छन्।
जर्मनी यसअघि १९३८, १९५०, २०१८ र २०२२ मा अन्तिम आठमा पुग्न सकेन भने ब्राजिल १९३४, १९६६ र १९९० मा क्वाटरफाइनलअघि नै बाहिरिएको थियो।
तर विश्वकप इतिहासमा पहिलो पटक, ब्राजिल र जर्मनी दुवै टोली एउटै संस्करणको क्वाटरफाइनलबाट अनुपस्थित भएका छन्। यसले विश्व फुटबलमा नयाँ शक्तिहरूको उदय र प्रतिस्पर्धाको बदलिँदो स्वरूपलाई स्पष्ट रूपमा देखाएको छ।
यसपटकको विश्वकपमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाउँदै नयाँ इतिहास रचेका छन्।
