काठमाडौ, असार २० । तेज नेपाल

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ सम्पन्न भएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ। नकआउट चरणमा केही ठूला टोलीले आफ्नो प्रभाव कायम राख्दा जर्मनी, नेदरल्यान्ड्स, क्रोएसिया र जापानजस्ता बलिया टोली भने प्रतियोगिताबाट बाहिरिएका छन्।

अन्तिम १६ मा पुगेका टोलीहरू:

  • क्यानडा 🆚 मोरक्को
  • पाराग्वे 🆚 फ्रान्स
  • ब्राजिल 🆚 नर्वे
  • मेक्सिको 🆚 इङ्ग्ल्यान्ड
  • पोर्चुगल 🆚 स्पेन
  • संयुक्त राज्य अमेरिका (USA) 🆚 बेल्जियम
  • अर्जेन्टिना 🆚 इजिप्ट
  • स्विट्जरल्यान्ड 🆚 कोलम्बिया

The FIFA World Cup 2026 Round of 16 lineup is complete.

🇨🇦 Canada Vs 🇲🇦 Morocco

🇵🇾 Paraguay Vs 🇫🇷 France

🇧🇷 Brazil Vs 🇳🇴 Norway

🇲🇽 Mexico Vs 🏴󠁧󠁢󠁥󠁮󠁧󠁿 England

🇵🇹 Portugal Vs 🇪🇸 Spain

🇺🇸 USA Vs 🇧🇪 Belgium

🇦🇷 Argentina Vs 🇪🇬 Egypt

🇨🇭 Switzerland Vs 🇨🇴 Colombia

अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ। एक हारले विश्वकप यात्रा समाप्त हुनेछ भने जित्ने टोली क्वार्टरफाइनलमा पुग्नेछ। अर्जेन्टिना–इजिप्ट, पोर्चुगल–स्पेन र ब्राजिल–नर्वे जस्ता भिडन्तलाई यस चरणका सबैभन्दा रोमाञ्चक खेलका रूपमा हेरिएको छ। विश्व फुटबलका दिग्गज र नयाँ चुनौतीकर्ताबीचको यो प्रतिस्पर्धाले उपाधि दौडलाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *