काठमाडौ, असार १८ । तेज नेपाल

विश्वकप २०२६ को राउन्ड अफ ३२ मा क्रोएसियामाथि २–१ को रोमाञ्चक जित निकालेर अन्तिम १६ मा पुगेको पोर्चुगलले खेलपछि सबैको मन छुने दृश्य प्रस्तुत गर्‍यो।

खेल सकिएपछि कप्तान क्रिस्टियानो रोनाल्डो सहित पोर्चुगलका खेलाडीहरूले नम्बर २१ जर्सी लगाएर स्वर्गीय डियोगो जोटा लाई श्रद्धाञ्जली अर्पण गरे। नम्बर २१ जोटाले पोर्चुगलका लागि लगाउने जर्सी थियो। यो श्रद्धाञ्जली उनको निधनको पहिलो वार्षिकीको सन्दर्भमा गरिएको थियो। रोनाल्डोले जर्सी लगाएर आकाशतर्फ हेर्दै आफ्नो साथीप्रति सम्मान व्यक्त गरेका थिए भने टोलीका खेलाडीहरू पनि भावुक देखिएका थिए।

पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेज ले जोटालाई टोलीको “उज्यालो” भन्दै सम्झिए र उनको सम्झनाले खेलाडीहरूलाई थप प्रेरणा दिएको बताए। समर्थकहरूले पनि २१ नम्बरका ब्यानर र नारासहित श्रद्धाञ्जली व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *