काठमाडौं, वैशाख ४ । तेज नेपाल
नेपाली सिने जगतका उद्योगका वरिष्ठ मेकअप आर्टिष्ट तथा सबैका प्रिय व्यक्तित्व अशोक रोक्काको निधन भएको छ । खबरले सम्पूर्ण कला क्षेत्रमा गहिरो शोक छाएको छ । उनको असामयिक निधनले सहकर्मी, साथीभाइ तथा शुभचिन्तकहरू मर्माहत बनेका छन् । स्वर्गीय रोक्काप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
परिवारका सदस्य तथा नजिकका स्रोतका अनुसार, उनको पार्थिव शरीरको पोस्टमार्टम अहिले बिहान १० बजे महाराजगञ्जस्थित अस्पतालमा गरिदैछ । त्यसपछि शुक्रवार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा तथा परिवारका सदस्य शिवहरि रोक्कामार्फत प्राप्त भएको छ ।
रोक्काको शुक्रवार निधन भएको हो । उनको निधनको कारण भने खुल्न सकेको छैन ।
स्वर्गीय अशोक रोक्काप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न सम्पूर्ण मित्रजन तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि विनम्र अनुरोध गरिएको छ ।






