मातातिर्थ औंसीको पुर्वसन्ध्यामा आमाको संघर्ष बोकेको ‘यःमा (मेरी आमा)’ सार्वजनिक

काठमाडौं, वैशाख ३। तेज नेपाल

मातातिर्थ औंसीको पूर्वसन्ध्यामा आमाको ममता, त्याग र संघर्षलाई केन्द्रमा राख्दै ‘यःमा (मेरी आमा)’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायक तथा संगीतकार ईश्वर अमात्यको संगीतमा तयार भएको उक्त भिडियो बिहीबार सिटी सेन्टरको फुड कोर्टमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

आमाको संघर्षमय जीवन कथामा आधारित भिडियोमा सुजना बज्राचार्यले मुख्य भूमिका निर्वाह गर्नुभएको छ भने बाल कलाकार समाइरा खड्गीको समेत सशक्त अभिनय देख्न सकिन्छ।

गीतका शब्द कृष्णबहादुर नापित त्रिशुलीले रचना गर्नुभएको हो भने संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गर्नुभएको छ। गीतमा स्वर जोशना अमात्यले दिनुभएको छ।

कार्यक्रममा समीक्षा गर्दै वरिष्ठ पत्रकार असंबरेले म्युजिक भिडियो केवल दृश्य प्रस्तुति मात्र नभई गीतको भावना दर्शकसम्म पुर्‍याउन सक्षम हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार उक्त भिडियोले आमाको संघर्ष र भावनालाई सन्तुलित रूपमा प्रस्तुत गर्न सफल भएको छ।

निर्देशक दर्शनवीर शाक्यले परिकल्पना तथा निर्देशन गरेको यस भिडियोमा छायाङ्कन र सम्पादन मनोजरत्न शाहीले गर्नुभएको हो। प्रोडक्सन म्यानेजरको रूपमा उजय शाहीले काम गर्नुभएको छ।

टिमका अनुसार भिडियोले आमाको त्याग, माया र संघर्षलाई भावनात्मक ढंगले प्रस्तुत गर्दै दर्शकको मन छुने विश्वास गरिएको छ।

  • Related Posts

    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    यहि वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई…

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    काठमाडौं, वैशाख २ । तेजनेपाल नयाँ वर्षको सुरुवातसँगै काठमाडौं उपत्यकामा वाइफाइ सेवासहितको रात्रिकालीन बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    मातातिर्थ औंसीको पुर्वसन्ध्यामा आमाको संघर्ष बोकेको ‘यःमा (मेरी आमा)’ सार्वजनिक

    • By admin
    • अप्रिल 17, 2026
    • 5 views
    मातातिर्थ औंसीको पुर्वसन्ध्यामा आमाको संघर्ष बोकेको ‘यःमा (मेरी आमा)’ सार्वजनिक

    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    • By admin
    • अप्रिल 16, 2026
    • 25 views
    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    • By admin
    • अप्रिल 15, 2026
    • 54 views
    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • अप्रिल 14, 2026
    • 13 views
    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    • By admin
    • अप्रिल 14, 2026
    • 255 views
    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    • By admin
    • अप्रिल 12, 2026
    • 38 views
    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक