काठमाडौ, वैशाख १ । तेज नेपाल
काठमाडौं । “सुरक्षित समाजका लागि समुदाय प्रहरी, हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो लोकार्पण तथा जनप्रतिनिधिहरूलाई बधाई एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ।
शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि समुदाय–प्रहरी साझेदारीलाई सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम नववर्ष २०८३ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदानसँगै सम्पन्न गरिएको हो।
कार्यक्रममा काठमाडौं क्षेत्र नं. १ का सांसदहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ निर्वाचित सांसदद्वय रञ्जु दर्शना बास्कोटा र समीक्षा बास्कोटालाई बधाई तथा सम्मान समेत गरिएको थियो।
सामुदायिक विकास तथा सेवा समिति र सामुदायिक प्रहरी सेवा केन्द्र, बानेश्वर–३१ को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरूले समाजमा सुरक्षा सचेतना अभिवृद्धि गर्न समुदाय र प्रहरीबीच सहकार्य अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमका क्रममा सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनाका विषयमा सुरक्षाकर्मीहरूले नागरिकलाई विशेष अपिल गरेका थिए।






