‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

यहि वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । जंहा फिल्मका मुख्य पात्र सुहाना थापा र प्रकाश सपूतबीचको घरझगडा देखिन्छ । छिमेकी बनेका सौगात मल्ल र सिर्जनालाई एकदमै मिलेको जोडीको रुपमा देखिन्छ। श्रीमतिलाई कुटेपछि खोज्न हिडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ।

मार्मिक ट्रेलरमार्फत फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ । आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन् ।

हरि ॐ सिने मेकर्स प्रालिको निर्माणमा बनेको यस फिल्मका निर्माता सुशील पोखरेल हुन् । सुशील देवकोटाले लेखेको यस फिल्ममा छायाँकार संकल्प भुजेल,नृत्य निर्देशन रामजी लामिछाने,सम्पादन मिलन श्रेष्ठ, रंग संयोजक कनाल कँवर रहेका छन्। त्यसै गरि फिल्मको भि।एफ।एक्स। समिर मिया,सत्यम रानाले गरेका हुन् भने टिजर र ट्रेलर साहिल खानले काटेका छन् ।

त्यसै गरि ५.१ मिक्सिङमा मुकेश शाहले गरेका छन् भने नगेन्द्र घिमिरे निर्माण संयोजनको काम गरेका छन् । त्यसै गरि यो फिल्ममा निर्माण नियन्त्रक ईश्वर घिमिरेको छ भने पाश्वं संगीत किरण तुलाधर,संगीत शान्ती ठटाल, सत्य-स्वरुप, प्रकाश सपुतको रहेको छ। फिल्मको गीतमा गीतकार मनबहादुर मुखिया, सुरेन्द्र राना, प्रकाश सपुतले लेखेका छन् ।

फिल्ममा भेषभूषा डिजाइन सुजन परियार,श्रृंगारको जिम्मा मदन न्यौपानेले गरेका छन् भने केश विन्यासमा रोनिशा अधिकारी रहेकी छन् । यस फिल्मको पोस्टर निर्माण आइडियल डिजाइनर्सले गरेको हो भने कला निर्देशकका रुपमा प्रतिक चौधरी रहेका छन्। मुख्य सहायक निर्देशक करण बहादुर साउद रहेका छन् भने निर्माता सुलभी पोखरेल, सत्यम पोखरेल छन् ।

यस फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ। गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए ।

  • Related Posts

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    काठमाडौं, वैशाख २ । तेजनेपाल नयाँ वर्षको सुरुवातसँगै काठमाडौं उपत्यकामा वाइफाइ सेवासहितको रात्रिकालीन बस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु…

    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौ, वैशाख १ । तेज नेपाल काठमाडौं । “सुरक्षित समाजका लागि समुदाय प्रहरी, हर प्रहर गाउँ र नगरी, टोल–टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ नयाँ वर्ष २०८३ को अवसरमा…

    जवाफ लेख्नुहोस्

    तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

    छुट्टाउनु भयो कि ?

    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    • By admin
    • अप्रिल 16, 2026
    • 19 views
    ‘परालको आगो’को ट्रेलर सार्वजनिक, वैशाख ११ बाट देशभर प्रदर्शन

    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    • By admin
    • अप्रिल 15, 2026
    • 54 views
    काठमाडौंमा वाइफाइयुक्त रात्रिकालीन बस सेवा सुरु, यात्रु सुरक्षामा विशेष ध्यान

    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    • By admin
    • अप्रिल 14, 2026
    • 13 views
    सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी: बानेश्वरमा भित्तेपात्रो लोकार्पण तथा सम्मान कार्यक्रम सम्पन्न

    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    • By admin
    • अप्रिल 14, 2026
    • 243 views
    नयाँ वर्षमा पुजा परियार–लक्ष्मण बीसीको ‘राम साईली’ सार्वजनिक

    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    • By admin
    • अप्रिल 12, 2026
    • 38 views
    महान गायिका आशा भोस्लेको निधन, संगीत क्षेत्रमा ठुलो शोक

    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने

    • By admin
    • अप्रिल 12, 2026
    • 142 views
    उप्रेती समाज सेवाको वार्षिक साधारण सभा सम्पन्न, भवन निर्माण कार्य चाँडै सुरु गरिने