काठमाडौं १४ असोज । तेजनेपाल
गायक पुष्कर सुनुवारको स्वर, ओम प्रकाश राईको शब्द र संगीत रहेको राष्ट्रिय भावको गीत ‘नेपाल आमा’ को एरेञ्ज पनि स्वयं गायक सुनुवारले गरेका हुन्। गीतको मिक्सिङ तथा मास्टरिङ बिप्लप अधिकारीले ओसियन म्युजिक रेकर्डिङ स्टुडियोमा गरेका हुन्।
गायक सुनुवारलाई पेमा शेर्पा राई र पवित्रा गुरुङले स्वरमा साथ दिएका छन्। भिडियोमा राज रुम्बा, रुपेश लामा, सञ्जु मोक्तान, सुनिता वाइवा, अर्जुन घिमिरे, नवराज श्रेष्ठ, ओसियन राई, अन्जिला चौधरी र ओप्सना राईको अभिनय रहेको छ ।
गीतको छायांकन अभिनाश श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रगति सुब्बाले गरेका छन्। रंग संयोजन ओम प्रसाईंले गरेका हुन्। भिडियो निर्देशन भने ओम प्रकाश राईकै रहेको छ।

