‘कोसेढुंगा’ सेन्सर पालना नगरेको आरोप, मन्त्रालयको पत्र सार्वजनिक

काठमाडौं, भाद्र १९ । तेजनेपाल

प्रदर्शनरत नेपाली फिल्म ‘कोसेढुंगा’ले केन्द्रीय चलचित्र जाँच समितिको निर्देशन पालना नगरेको गुनासो बाहिरिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

मन्त्रालयको पत्रमा चलचित्रमा अश्लील ठानिएका संवाद हटाएर मात्र सबै उमेरका दर्शकलाई प्रदर्शन अनुमति दिने निर्णय भए पनि त्यो पालना नभएको उल्लेख गरिएको छ।

तर, मन्त्रालयको पत्र मंगलबार नै बोर्डमा दर्ता भए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढाइएको छैन। यसलाई केन्द्रीय सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठले “कानुनी अपराध र गम्भीर विषय” भनेका छन्।

चलचित्र विकास बोर्डले एक महिना अघि अनुगमन समिति गठन गरेको भए पनि संयोजक सदस्य वीरेन्द्र भट्टले मन्त्रालयको पत्रबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *