सुबास गदालको तीज गीत “भाग केटी” भाग सार्वजनिक

काठमाडौ, साउन ६ । तेजनेपाल

तीजको अवसर पारेर सुवास गदालले आफ्नो नयां तीज गीत भाग केटी भाग सार्वजनिक गरेका छन । थुप्रै लोक दोहोरी गीतका सर्जक तथा संगीतकार, त्यसैगरि दर्जनौ टेलिसिरियल लेखन, निर्देशन तथा अभिनय गरेर दर्शक श्रोताको मन जितिसकेका गायक गदालले यस गीतले पनि राम्रो दर्शक पाउने आशा गरेका छन । गीतमा गायक सर्जक गदाललाई सुनिता लम्सालले स्वरमा साथ दिएकी छिन भने एरेन्ज पुर्ण संयोग, मिक्सिङ मास्टरिङ राजेन्द्र बजुरालीले गरेका हुन ।
एलिना रायमाझी र सुरेश कोलिको नृत्य तथा अभिनय देख्न सकिने भिडियोलाई स्वयम् गायक सुवास गदालले नै निर्देशन गरेका हुन भने सिनेम्याटोग्राफी विशाल परियार सम्पादन तथा मेकअप आर बि सेन्चुरी, कलर अनिल विष्ट प्युठानी, कोरियोग्राफी मुकेश नेपालीले गरेका हुन ।

भिडियोलाई वरपिपल फिल्मसको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सुन्न सकिन्छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *