“काण्ड” सार्वजनिक

काठमाडौ, असार २६ । तेजनेपाल

सानैदेखी  सितोरियो करातेमा संलग्न भै राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभव बटुलेका एक कुशल खेलाडी, बिगत लामो समयदेखि नेपाली चलचित्रमा स्टन्ट्मेनको भुमिका समेत गर्दै, दर्जनौ म्युजिक भिडियोमा अभिनय गर्दै हाल यसै क्षेत्रमा सक्रिय रुपमा निरन्तर क्रियाशिल छन निश्चल पन्थी । कपिल्बस्तु चन्द्रौटा – बन्कट्टी ५ मा घर भैइ हाल काठमाडौलाई आफ्नो कर्मथलो बनाएका उनको हालै उनी अभिनित ” काण्ड ” बोल रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनयमा उनलाई सुमन ज्योति न्यौपाने (ल्याङ्ग्रे दादा) लगायतको अभिनयमा साथ दिएका छ्न भने निर्देशन सुरेन्द्र बसेलको रहेको छ ।

देश र समाजमा भएको ब्यथिती ,अवस्था र ब्यबस्थाको चित्रण गरिएको भिडियोमा सुरेन्द्र बसेलको निर्देशन रहेको छ । देव दोर्जे लामाको छायांकन रहेकोमा राकेश दाहालको सम्पादन रहेको छ ।

गितमा शब्द, कथा  निशचल पन्थीको रहेको छ भने  सुबिन सेन्चुरीको स्वरले गीतलाई अझै सुन्दए बनाएको छ । भिडियोलाई एक्सन कट मुभिज नेपालको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *