
काठमाडौ, असार १३ । तेजनेपाल
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा यही असार १९ गतेदेखि ३२ गतेसम्म ललितपुर महानगरपालिका-२७, सुनाकोठीमा सुनाकोठी सांस्कृतिक तथा व्यापार महोत्सव २०८२ आयोजना हुने भएको छ ।
महोत्सवमा १०० भन्दा बढी व्यवसायिक स्टल, मनोरञ्जनका लागि बालउधान, रोटेपिङ्ग लगायत थुप्रै खेलहरु रहने आयोजक संस्थाका अध्यक्ष नमराज ढुंगानाले जनाकारी गराउनु भयो साथौ १०० भन्दा बढी चर्चित राष्ट्रिय कलाकार तथा व्याण्डको प्रस्तुती रहने कुरा सहयोगी संस्था राष्ट्रिय संगीतकर्मी संघ ललितपुरका अध्यक्ष सुवाष महतले जानकारी गराउनु भयो ।
आयोजक संस्था राष्ट्रिय लोक प्रतिष्ठानका अध्यक्ष नमराज ढुंगानाका अनुसार महोत्सव अवधिभर सम्पुर्ण अवलोकनकर्ता, दर्शकले खोजे जस्तो रोजे जस्तो घरायसी सामान, लत्ताकपडा लगायतका थुप्रै सामान सस्तो सुलभ मुल्यमा खरिद गर्न सकिने, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले थप मनोरञ्जन प्रदान गर्ने साथै खुल्ला नृत्य प्रतियोगिताले स्थानीय कलाकारहरुलाई थप प्रोत्साहन प्रदान गर्ने लगायतका जानकारी गराउनु भयो साथै महोत्सव अवलोकन गर्न न्युनतम शुल्क लिईएको कुरा पनि जनाकारी गराउनुभयो ।