लामाको निर्देशनमा तथास्तु बन्ने

काठमाडौं, १० असार । तेजनेपाल

डोरी’का निर्देशक अरुण लामाको निर्देशनमा दोस्रो सिनेमा ‘तथास्तु’निर्माण हुने भएको छ । एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणासंगै छायांकन अर्को वर्ष अर्थात २०८३ को सुरुवातमा हुने छ भने प्रदर्शन मिति पनि समयानुकुल हुने निर्देशक लामाले बताए ।

जी. सेभेन प्रोडक्सन् प्रा.लि’को प्रस्तुति रहने यो सिनेमामा निर्देशक लामाले ‘तथास्तु’ केवल सिनेमा नभई कर्म, भाग्य र आन्तरिक रूपान्तरणको कथा भएको बताए । उनका अनुसार सिनेमाले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्व प्रस्तुत गर्नेछ । साथै,‘सिमुलेसन थ्योरी’ को पृष्ठभूमिमा दुई लोक भगवानको लोक र मानिसहरूको लोकबीचको कथा समेटिनेछ।

निर्देशक लामाले सिनेमाको ‘तथास्तु’ राख्नुको कुरालाई समेत अथ्र्याएका छन्। उनले भने,‘यो शब्दको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त? जीवनमा प्राप्तिभन्दा बुझाइ महत्वपूर्ण हुन्छ। तपाईंले मागेको कुरा तब मात्र सार्थक हुन्छ, जब तपाईं त्यसलाई ग्रहण गर्न तयार हुनुहुन्छ।’

निर्देशक लामाले सिनेमामा नयाँ पुस्ताका चर्चित कलाकारहरू,नेपाल र भारतका अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित कलाकार तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिने बताए। नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने यो सिनेमाको छायांकन नेपाल र भारतमा हुनेछन्।

सिनेमाको सुटिङ पनि दुई चरणमा गरिने निर्देशक लामाले बताए। यसअघि निर्देशक लामाले फिल्म ‘डोरी’निर्माण गरेका थिए। जुन सिनेमाले गतिलो व्यापार गर्न सकेन ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *