
काठमाडौ, जेठ २२ । तेजनेपाल
नेपाल चलचित्र निर्माता संघले डिजिटल सिनेमा नेपालसँगको केही साता लामो संवाद र छलफल पछि अन्त्वत VPC शुल्क घटाउने सहमति सम्पन्न गरेको छ ।
श्रावण १ गतेबाट निर्माताहरूले साविकमा तिर्दै आएको शुल्कमा करिव २५% कम शुल्क तिर्नुपर्ने भएको छ भने अन्तराष्ट्रिय प्रदर्शनको प्याकेज शुल्कमा ३०,००० हजार/- कम तिर्नुपर्ने भएको छ । यस्तै नवल खड्का अध्यक्षतामा निर्माता संघले ५०-५०% शेयर बाडफाँट, ३:३० मिनेट सम्मको फ्रि ट्रेलर लगायतको सहमति सम्पन्न गरिसकेको र निर्माताहरूले यसको लाभ लिइरहेका छन् । साथै चलचित्र विद्ययेकलाई चलचित्र उद्योग मैत्री बनाउँदै स्वसाशीत बोर्डको रुपमा स्वायत्तता प्रदान गर्नको लागि चलचित्र निर्माता संघको प्रयास जारी रहेको र चलचित्र सम्बद्ध संघसंस्थाहरूसंग सहकार्य सहित अगाडि बढिरहेको छ । साथै यस कार्यमा संलग्न अशाेक शर्मा, उदय सुब्बा सहित कार्यसमिति सम्पूर्ण निर्माता साथीहरुले गरेको सहयाेग प्रति संघका अध्यक्ष खडकाले हार्दिक धन्यवाद समेत दिएका छन ।