
काठमाडौ जेठ १४ । तेजनेपाल
काठमाडौंकाे मुटु मुलपानीमा कागेश्वरी मनाेहरा (मुलपानी) महाेत्सव हुने भएको छ । पत्रकार सम्मेलमको आयोजना गर्दै यही जेठ १६ गतेदेखि असार १ गतेसम्म महाेत्सव हुने आयाेजकले जानकारी गराएको छ ।
महाेत्सवमा थुप्रै राष्ट्रिय कलाकारहरुकाे प्रस्तुति रहने कुरा पनि पत्रकार सम्मेलन मार्फत आयाेजकले जानकारी गराएको छ ।
मुख्य आयाेजक आर्या मिडिया प्राली रहेको छ भने, ब्यबस्थापन संयुक्त नेपाल मेला महाेत्सव ग्रुप प्रालिले गरेकाे छ । त्यस्तै विशेष सहयाेगीका रुपमा अमर सिंह युवा क्लब, पिपलबाेट युथ क्लबकाे रहेको छ ।
महोत्वस अवधिभर टिकट नि:शुल्क रहेको छ भने, ४/५ दिनमा भने टिकट लिएर मात्रै महाेत्सव हेर्न पाउने ब्यबस्थापन मिलाएको आयाेजक संस्था आर्या मिडिया प्रालिका अध्यक्ष कपिल कार्कीले बताए ।
महाेत्सव बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चल्ने र महाेत्सवकाे सबै तयारी पूरा भएकाे आयोजकले बताए । महाेत्सव व्यापरिक हिसाबले पनि व्यापक रहने संयुक्त नेपाल मेला महाेत्सव ग्रुप प्रालिका सिताराम दाहालले जानकारी दिए । यस्तै पत्रकार सम्मेलनमा बाेल्दै बरिष्ठ कलाकार कुमारमणि गजुरेलले आफू २०५२ देखि कलाकारितामा लागेकाे र आफ्नै ठाउँमा यस्ता मेला महाेत्सव गर्ने धाेका भएकाेले यसमा आफूले सक्दाे सहयाेग गरेकाे बताए ।