
काठमाडौँ ५ जेठ । तेजनेपाल
दर्शन सलाम, पहिलो नम्बरमा, मेरो त भाग्य जस्ता दर्जनौं हिट गीतका गायक डेभिड शंकरले ‘कशिमरे गम्छा’ बोलको गीत सार्वजनिक भएको महिना दिन बित्न नपाउदै ‘हजुर नै हो’ गीतको भिडियो सार्वजनिक गरेका छन् । यो गीतमा गायक डेभिडलाई गायिका अनु चौधरीले स्वरमा साथ दिएकी छन् ।
क्षितिज सापकोटाको शब्द, संगीत र संगीत संयोजन दीपकराज विश्वकर्माको रहेको गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री लुनिभा तुलाधरले अभिनय गरेका छ । विपिन र लुनिभालाई यो गीतको भिडियोमा दम्पतीको रूपमा प्रस्तुत गरिएको । दाम्पत्य सम्बन्धमा नयाँ शिशुको आगमन हुने भएपछि उनीहरूको देखिको खुसीलाई भिडियो कथामा प्रस्तुत गरिएको छ ।
प्रमोद कार्कीको डिओपी रहेको यो भिडियोलाई भूपेन्द्र थापामगरले छायांकन गरेका हुन् । जसमा विकास दाहालको सम्पादन रहेको छ भने भिडियोको निर्देशक नरेन भट्टराई हुन् ।