दोश्रो गोकर्णेश्वर महोत्सव २०८२ मा भोलि २६ गते ज्योति मगर, कमल खत्री लगायतको प्रस्तुति हेर्न सकिने

काठमाडौ, वैशाख २५ । तेजनेपाल

औधोगिक शान्ती नेपाल संस्थाको आयोजना तथा ग्राउन्ड अफ इभेन्ट्सको सह आयोजनामा भैइरहेको दोश्रो गोकर्णेश्वर महोत्सव २०८२ मा भोलि चर्चित गायिका ज्योति मगर, गायक कमल खत्री, गायक शिव हमाल, लोक गायिका सपना रोक्का, हास्य कलाकार तथा गायक राजन खैराते, हास्य कलाकार प्रताप हुमागाई, गायक सुमन कुमार श्रेष्ठ, गायक प्रितम मल्ल ठकुरी, गायक रमेश श्रेष्ठ मेलोडी, गायक रमेश श्रेष्ठ शिशिर, काठमाडौ डान्स ग्रुप लगायत स्थानीय कलाकारको प्रस्तुति संगै खुल्ला नृत्य प्रतियोगिताको नक आउट राउन्ड पनि हुनेछ ।

त्यस्तै कार्यक्रममा आज वरिष्ठ लोक गायक भोजराज काफ्ले, लोक गायिका गीता सेन्चुरी, ललितपुर संगीतकर्मी संघका कोषाध्यक्ष तथा कलाकर्मी श्याम सुन्दर तिमल्सिना अतिथी निर्णायक, गायक बिनोद ढ्काल, गायिका रितु कंडेल, गायक सिताराम घिमिरे, लोक गायिका अञ्जना खड्का, गायक रमेश श्रेष्ठ मेलोडी, गायक दिपक चौलागाईं, गायक सुमन कुमार श्रेष्ठ, गायक रमेश श्रेष्ठ शिशिर, गायक प्रदिप खडका लगायतको बेजोड प्रस्तुती रहेको थियो भने उहाँहरुलाई, गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महत ज्यु, औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत, वरिष्ठ उपाध्यक्ष राजकुमार खडका, उपाध्यक्ष बिनोद कलवार, कोषाध्यक्ष प्रितम मल्ल ठकुरी, महासचिव शंकर गुरुङ, कार्यालय सचिब जीवन नेपाल, सहचिव दिलिप कार्की, कलाकार संयोजक तथा कुशल उद्घोषक अनित विष्ट, कार्यक्रम निर्देशक दिपक दाहाल, सह निर्देशक सिताराम दाहाल, सह आयोजक ग्राउन्ड अफ इभेन्ट्सका अध्यक्ष तथा महोत्सवका कार्यक्रम संयोजक श्याम कृष्ण श्रेष्ठ, नृत्य प्रतियोगिताका संयोजक, गायक, सञ्चारकर्मी, निर्देशक सुमन कुमार श्रेष्ठले संयुक्त रुपमा खादा लगाएर ससम्मान स्वागत साथै मायाको चिनोद्वारा स सम्मान बिदाई पनि गर्नु भएको थियो ।

साथै खुल्ला नृत्य प्रतियोगिताको सम्पुर्ण अडिसन राउन्ड आजबाट सकिएसंगै भोलीबाट नक आउट चरणको पहिलो चरण पनि शुरु गरिने र क्रमश: प्री क्वाटर, क्वाटर, सेमिफाइनल, ग्राण्ड फिनाले गरिने छ ।
नृत्य प्रतियोगिताको मुख्य निर्णायकको रुपमा जनसांस्कृतिक महासंघकी केन्द्रिय सदस्य, उपमा सञ्चारकी अध्यक्ष आशा गौतम, औधोगिक शान्ति नेपाल संस्थाका कोषाध्यक्ष प्रित्तम मल्ल ठकुरी, कोरियोग्राफर अवन्तिका तामाङ्ग, कलाकार रिजर्ब श्रेष्ठ, गायक रमेश श्रेष्ठ शिशिर रहनु भएको थियो । नृत्य प्रतियोगिताको संयोजक गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ हुनुहुन्छ । आजको कार्यक्रमको सञ्चालन कुशल उद्घोषक बिनोद लामाले गरेका थिए ।

मेलामा १५० भन्दा बढी घरेलु उत्पादन, व्यवसायिक उत्पादन, शिक्षा सामाग्री, घरायसी सरसामान, विद्धुतीय उपकरण लगायत दैनिक जिवनका उपयोगी सरसमानहरु लगायतको प्रदर्शनी तथा विक्री वितरणका लागि राखिएको छ । मनोरञ्जनका लागि बाल उद्दान रोटेपिङ्ग, कोलम्बस लगायतका थुप्रै खेलहरु पनि मेला स्थल भित्र रहेका छन । साथै थरीथरीका स्वाद लिनका लागि मेला स्थल भित्रै थुप्रै खाजा स्टलहरु, आइस्कृम, बब टि, चटपटे पानीपुरी लगायतका थुप्रै स्टलहरु पनि रहेका छन । भोलि मेला स्थल भित्र प्रवेशका लागि मात्र रु १०० को टिकट लिएर प्रवेश गर्न सकिने कुरा आयोजकले जानकारी गराएको छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *