
दाङ, वैशाख १३ । तेजनेपाल
देउखुरीको सिसहनियाँ उद्योग बाणिज्य संघ सिसहनियाँले व्यवसायिक घरदैलो अभियान शुरु भएको छ । उद्योग बाणिज्य संघमा अहिले सम्म आबद्ध नभएका र आबद्ध भएर नबिकरण नगरेका व्यवसायहरुको घरदैलोमा पुगेर व्यवसायिक सचेतना दिने गरी व्यवसायिक घरदैलो अभियान शुरु भएको हो ।
संघले यही बैशाख १० गते देखि औपचारिक रुपमा व्यवसायिक घरदैलो अभियान शुरु गरेको छ । जस अर्न्तगत अहिले सम्म उद्योग बाणिज्य संघमा दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेका २५ जना व्यवसायहरुले संघमा आबद्ध हुँदै नयाँ सदस्यता लिएको संघका अध्यक्ष इश्वरीप्रसाद अधिकारीले जानकारी दिनु भएको छ । त्यस्तै संघको सदस्यता लिएको तर अहिले सम्म नबिकरण नगरेका ३० जना व्यवसायले समेत सदस्यता नबिकरण गरेको संघका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै घरदैलो व्यवसायिक घरदैलो अभियान अर्न्तगत पूर्ण रुपमा शारिरीक अपाङ्गता रहनु भएका होसना मोबाइल पसल प्रगतिनगर सिसहनियाँ बजारका सञ्चालक भाकपति चौधरीलाई संघले प्रत्येक बर्ष लिने नबिकरण शुल्क आजिबन छुट दिने घोषणा समेत गरेको संघका अध्यक्ष अधिकारीले बताउनुभयो ।
व्यवसायिक घरदैलो अभियान अर्न्तगत संघको सदस्यता नलिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायहरुलाई संघमा आवद्धता गराउने र सदस्यता नबिकरण गर्न छुट भएका व्यवसायहरुको सदस्यता नबिकरण गर्ने गरी अभियान सञ्चालन गरिएको छ । साथै अभियानमा व्यवसायले गा्रहकले देख्ने ठाउँमा मूल्य सुची राखे नराखेको, अखाद्य बस्तु बिक्री बितरण गरे नगरेको लगायतका बिषयमा अनुगमन गर्नुका साथै आवश्यक सुझाब समेत दिएको छ ।
सो अवसरमा संघका अध्यक्ष अधिकारीले व्यवसायहरुलाई दर्ता प्रकृया पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न, व्यवसायिक नियम पूर्ण रुपमा पालना गर्न, खरिद बिक्री बिल अनिवार्य राख्न र गैर कानुन बिपरित कुनै प्रकारका गतिबिधि गर्न निर्देशन समेत दिनु भएको छ । उहाँले स्वच्छ प्रतिस्पर्धाबाट गा्रहकहरुलाई सर्वसुलभ मूल्यमा सामाग्री बिक्री बितरण गर्न आग्रह समेत गर्नु भएको छ । व्यवसायिक घरदैलो अभियान केही दिन सम्म निरन्तर सञ्चालन हुने बताइएको छ ।
व्यवसाय घरदैलो अभियानमा संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, संघका निवर्तमान अध्यक्ष पूर्णबहादुर बुढाथोकी, बरिष्ठ उपाध्यक्ष मदन गौतम, उद्योग उपाध्यक्ष भागवत ज्ञवाली, बाणिज्य उपाध्यक्ष भिमबहादुर चौधरी, महासचिव प्रशान्त बसेल, कोषाध्यक्ष गिरबहादुर ज्ञवाली, सदस्यहरु गिता चौधरी, शान्ता सुवेदी, नारायण चौधरी, कल्पना बेल्बासे, निमराज चौधरी, रामबहादुर चौधरी, ज्योतिकुमार चौधरी र संघका कार्यालय सचिव पुष्कर पोख्रेल लगायतकोे उपस्थिति रहेको थियो ।