
काठमाडौं ११ बैशाख। तेजनेपाल
गीतकार प्रमोद भट्टराई “प्रतीक”को शब्द रचनामा रहेको गीत “कहीँ कतै हराएँ भने” लोकार्पण गरिएको छ । गीतकार सङ्घ नेपालको आयोजनामा भएको सोही कार्यक्रममा गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा रहेको थियो भने पूर्व अध्यक्ष चुडामणि देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार सङ्घ नेपालका पाध्यक्ष रमेश कोईरालाले उपस्थित अतिथिहरुलाई मन्तव्यद्वारा स्वागत गर्नुभएको थियोे ।
विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य दिँदै गीतभित्र मायाप्रेम, राष्ट्रियभाव हो कि भन्ने आभास दिलाएको बताउनुभयो । गीतकार भट्टराईले गीतमा नयाँ प्रयोग भएको बताउँदै सङ्गीत र गायन पनि अब्बल भएको बताउनुभयो । गायिका बबिना भट्टराईको गायन पक्षको चर्चा गर्दै सङ्गीतकार श्रेष्ठले “कहीँ कतै हराएँ भने” गीतले सबैको मन छुने बताउनुभयो ।
कार्यक्रममा सङ्गीतकार तथा गायिका बबिना भट्टराईले आफूले गरेको मेहनतलाई सबैले माया गरिदिदेमा विश्वस्त भएको बताउनुभयो । गीतकार भट्टराईको शब्दमा सङ्गीत गर्दै गर्दा डर लागे पनि सार्वजनिक भएपछि पूर्णता पाएको बताउनुभयो । त्यस्तै भिडियोका बारेमा निर्देशक जीवन शाहीले प्रष्ट पार्नुभएको थियोे ।
त्यसैगरी सङ्का पूर्व अध्यक्ष शुभ मुकारुङले शुभकामना मन्तव्य दिँदै “कहीँ कतै हराएँ भने” श्रव्य दृश्य राम्रो बनेकोमा सबै बधाईको पात्र भएको बताउनुभयो । कार्यक्रममा गीतकार प्रमोद भट्टराईले गीतका बारेमा बोल्दै अवकाश प्राप्त समयलाई साहित्यको क्षेत्रमा लगाउन पाएकोमा खुशी मिलेको बताउनुभयो । कविता, मुक्तक, गजल विधामा रुचि भए पनि गीतिलेखनमा अझै सक्रियता भएको बताउनुभयो । गीत रेकर्ड भए पछि “कहीँ कतै हराएँ भने” गीतको भाव हराउलाकी भनेर भिडियो निर्माण गरेको अनुभव सुनाउनुभयो । सबैको साथ र सहयोगले गीतले सफलता पाउनेमा विश्वास लिएको बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ गीतकार चुडामणि देवकोटाले शुभकामना दिँदै गीत राम्रो बनेको बताउनुभयो । “कहीँ कतै हराएँ भने” गीतले सबैको मन जित्ने बताउँदै गीतकार प्रमोद भट्टराई अब्बल साहित्यकार भएको बताउनुभयो । शब्द सङ्गीत मैत्री हुनुपर्ने बताउँदै “कहीँ कतै हराएँ भने” भित्रका सिर्जनाले सफलता पाउने शुभकामना दिनुभयो ।
कार्यक्रमलाई समापन गर्दै सङ्का अध्यक्ष बसन्त बित्यासी थापाले उपस्थित सबैलाई धन्यवाद दिँदै गीतकार प्रमोद भट्टराईको सिर्जना अब्बल रहेको बताउनुभयो । गीतकार भट्टराईका सिर्जना सार्वजनिक गर्दा हरेक समय साक्षी बन्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । अध्यक्ष थापाले आफ्ना सदस्यहरुलाई उर्जा दिन सङ्घ सदैव क्रियाशील रहेको बताउँदै राज्यलाई बौद्धिक र प्रतिलिपी अधिकारका विषयमा आवाज उठाउँदै आएको बताउनुभयो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी हरिराम पौडेलले गर्नुभएको थियोे ।