काठमाडौं, असोज १ । तेज नेपाल

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५,५५,५५५ सहयोग गरेको छ।

महासंघ कार्यसमिती र महासंघमा आबद्ध विभिन्न जिल्ला संघहरूबाट उक्त रकम संकलन गरिएको हो। राहत रकम संकलन अभियानलाई प्रभावकारी बनाउन महासंघका केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता गोकुल देशरको संयोजकत्वमा केन्द्रीय सचिव प्रेमकुमार वर्मा र केन्द्रीय सदस्य बाबुराज महर्जनले अथक प्रयास र मेहनतका साथ रकम संकलन गर्नुभएको महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पाण्डेले जानकारी गराउनु भएको छ।

संकलित रकम महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र आबद्ध जिल्ला संघहरूको सहभागितामा मा. अर्थमन्त्री स्वर्णिम वाग्ले ज्यूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

महासंघले विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग जुटाएको जनाएको छ। साथै, आगामी दिनमा पनि विपद् तथा आपत्कालीन अवस्थामा व्यवसायीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *