
भक्तपुर, वैशाख ८ । तेजनेपाल
नवौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट योगदान गरेको बताउँदै महोत्सवले उपभोक्तालाई सहुलियत दिएको र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत योगदान गरेको बताउनुभयो । एउटै थलोमा मनोरञ्जनपूर्व वातावरणका बीच उपभोक्ताले धेरै बस्तु तथा सेवा प्राप्त गरी लाभान्वित भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । व्यवसायी र उपभोक्ता एकै रथका दुई पाङ्ग्रा भएका प्रष्ट पार्दै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका दुबैको अधिकार रक्षा गर्दै अघि बढ्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथिको रुपमा रहनु भएको नेकपा एमाले जिल्ला कमिटि भक्तपुरका अध्यक्ष बचन देउजाले बिगत वर्षमा झैँ यस वर्ष पनि महोत्सवले आफ्नो उद्देश्य पूरा गरेकोमा सन्तोष व्यक्त गर्दै आगामी वर्ष पनि महोत्सव निरन्तरताको शुभकामना दिनुभयो । उक्त अवसरमा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख, सूर्यविनायक नगरपालिका वडाध्यक्षहरु , आयोजक संस्थाका पदाधिकारी एवं सदस्यहरु, महोत्सव अवलोकनकर्ता, व्यवसायी र स्थानीयको उपस्थिति रहेको थियो ।

११ दिन सम्म चलेको उक्त महोत्सवमा भएको खुल्ला नृत्य प्रतियोगिताबाट पूर्णिमा बि.क प्रथम हुन सफल भएकी थिइन् भने रतिस गिरि द्वितीय, सागर लामाले तृतीय स्थान हासिल गर्न सफल भएका थिए भने बिजेताहरुलाई सर्टिफिकेट, ट्रफीसहित क्रमश: रु. ३०,०००, २०,०००।– र १०,०००।– नगद पुरस्कार प्रदान गरुएको थियो । त्यस्तै यल्मो तामाङ्ग चौथो, करिना वाइबा र स्नेहा खत्री पाचौं र क्यारोलिन थापा मगरले सान्त्वना स्थान प्राप्त गरेका थिए । नृत्य प्रतियोगिताको संयोजक तथा मुख्य निर्णायक सुमन कुमार श्रेष्ठ र अर्का निर्णायक अभिषेक तामङगले संयुक्त रुपमा बिजेता घोषणा गर्नु भएको थियो । नृत्य प्रतियोगिताको ग्राण्ड फिनालेमा मुख्य निर्णायकसंगै अतिथी निर्णायकका रुपमा सिनेम्याटोग्राफर निरज कडेल, नृत्य निर्देशक आशिष् लामा, कोरियोग्राफर तथा निर्देशक सुरेन्द्र बसेल, मोडेल अञ्जु सुनार, कोरियोग्राफर बिजय तामाङको उपस्थिति रहेको थियो ।

कार्यक्रममा साहित्यिक क्षेत्रमा लामो समयदेखी अनवरत रुपमा लागेर योगदान दिनुहुने संगीतकार सुवासचन्द्र ढुंगेललाई खादा, दोसल्ला सहित सम्मान पत्र र नगद सहित सम्मान गर्नुको साथै सिद्धिस्मृति भक्तपुर फुटबल क्लबका खेलाडीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

सल्लाघारीस्थित १०८ रोपनी चौरमा ११ दिन सम्म चलेको महोत्सव ३ लाख भन्दा बढीले अवलोकनकर्ताहरुले अवलोकन गरेको महोत्सवका संयोजक दिपक थापाले जानकारी दिनुभयो ।

बैशाख ८ गते सोमबार भक्तपुर विशेष सांगीतिक कार्यक्रम हुने र सो कार्यक्रममा चर्चित गायक जी बब र मिस्टर डी, गायक विश्व दोङ, कमल खत्री, रबि रिमाल, बिन्दु परियार, ब्रम्हास्त्र ब्याण्ड लगायतका थुप्रै कलाकारहरुको प्रस्तुति रहने कार्यक्रम निर्देशक तथा मध्यपुर ब्वाईज ईभेन्ट अध्यक्ष समेत रहनु भएका सुनिल बज्राचार्यले जानकारी गराउनुभयो ।
स्वागत मन्त्व्य दिदै नयाँ वर्षको अवसरमा सञ्चालन भइरहेको नवौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवले भक्तपुरलाई ‘उद्योग, संस्कृति, कृषि तथा पर्यटन’ को संगमका रूपमा चिनाउने कुरा औधोगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताउनुभयो । कार्यक्रमको सहजता कार्यक्रम सञ्चालिका मञ्जु गौतमले गर्नु भएको थियो ।

विशेष सांगितिक कार्यक्रम साँझ ४ः३० बजेबाट शुरू हुने र बढी भन्दा बढी दर्शकको सहभागिता होस भन्ने उद्देश्यले न्युन टिकट शुल्क मात्र रु १०० /- रहेको कुरा आयोजकले जानकारी दिनुभयो ।