‘माग्ने बुढा’ ‘माग्ने राजा’ भएर तीजमा आउदै


काठमाडौं, फाल्गुन १२ । तेजनेपाल

केदार घिमिरे ‘माग्ने बुढा’को शीर्ष भूमिका रहने फिल्म ‘माग्ने राजा’को प्रदर्शन मिति तय भएको छ । घिमिरेले सोमबार फेसबुकमार्फत यो फिल्म आगामी हरितालिका तीजमा आउने जनाएका हुन् ।

‘आशिर्वाद दिनुहोला, तीजमा प्रदर्शनमा आउँदैछ’ उनले उल्लेख गरेका छन् । छायांकन सुरु नहुँदै निर्माताले तीजलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका हुन् ।

फिल्ममा माग्ने बुढा, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, पवित्रा साँखी र शिशिर बाङ्देलको अभिनय हुनेछ । दर्शकले माग्ने बुढा र तक्मे बुढाको जोडीलाई दशकपछि पर्दामा हेर्न पाउनेछन् । उनीहरू पछिल्लोपटक ‘राम कहानी’मा एकसाथ देखिएका थिए ।

निर्देशन ऋषि लामिछानेले गर्नेछन् । आरम्भ प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । ३ करोड रुपैयाँको लगानीमा निर्माण हुन लागेको फिल्मको निर्माता मुनाल घिमिरे हुन् ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *