सलोन सलिना फिल्मसको ब्यानरमा शोभितको निर्देशनमा फिल्म ‘पिआर’ बन्दै

काठमाडौँ, माघ ३० । तेजनेपाल

शोभित बस्नेतले सलोन सलिना फिल्मसको ब्यानरमा फिल्म ‘पिआर’ को निर्देशन गर्ने भएका छन्। अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै फिल्मको मङ्गलवारबाट छायाङ्कन समेत सुरु भयो।

फिल्मको प्रस्तुतकर्ता रञ्जित शाह (आरएफएम फयासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी रहेका छन्।

आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए। फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनीता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायल अनुबन्धित भइसकेका छन्।

ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता रहेका छन्।

फिल्मको कथा शोभित बस्नेतको हो। मानस राजको सङ्गीत, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायाङ्कन र बन्दे प्रसादको सम्पादन रहने निर्माण टिमले जानकारी दिएका छन्। निर्देशक बस्नेतका अनुसार फिल्मको छायाङ्कन ७५ प्रतिशत अस्ट्रेलियाको विभिन्न शहरमा र २५ प्रतिशत छायाङ्कन नेपालमा गरिने योजना रहेको छ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *