अभिनेत्री उमाको चाहना “कलाकारले न्याय पाउन, नेपाल सिक्किमको सम्बन्ध राम्रो बनोस”

काठमाडौं, माघ २७ । तेजनेपाल

हुन त आजभोली प्रत्येक दिन जसो नेपाली मनोरञ्जन क्षेत्रमा केही न केही काण्डले बजार तताई रहेको अवस्था छ । कलाकारको निजी जीवनदेखि व्यवसायिक जीवनसम्मको विभिन्न खुलासाहरुले अहिले यो क्षेत्र निकै नै तातेको छ । हालै गायिका एलिना चौहानको सिक्किममा भएको कार्यक्रममा आयोजक र कलाकार बीचमा रही केही रकम कलाकारलाई दिई बाँकी रकम नदिएको विषयमा गायिका चौहान र दिपक बाराईली बीच चर्किएको विवादलाई सम्बोधन गर्दै सिक्किमका संस्कृति मन्त्री डि डि ढुङगेल, एसकेएम पर्टिको गम्भीर ध्यानाकर्षण भएको छ । यस विवादलाई धेरै नलम्ब्याउन र विवाद अन्त्य गरी दुई देश बीचको सम्बन्ध र कलाकारसंगको सम्बन्धका बारे नकारात्मक असर नपरोस भन्ने उद्देश्य सहित अभिनेत्री तथा निर्मात्री उमा गिरी मार्फत सकारात्मक सन्देश सहित मिडिया मार्फत समाचार सम्प्रेषण गरिदिन विशेष आग्रह गरिएको कुरा सहित उनीसंग भएको बिशेष कुराकानी:

कलाकार निर्मात्री उमा गिरीका अनुसार कार्यक्रम सिक्किमको तादुङमा भएको रहेछ । दार्जिलिङका केही युवाको समुहले गरेको उक्त कार्यक्रम गर्दै गर्दा दिपक नाम गरेका व्यक्तिले कलाकार र आयोजक बीच बसेर मध्यस्तकर्ताको रुपमा भुमिका निर्वाह गरेर केही रकम गायिकालाई दिलाई बाँकी रकम दिपकले भनेको ब्यक्तिको बैंक खाताना पठाएको जानकारी आएको छ । सिक्किमका आयोजकले सबै रकम भुक्तान गकिसकेपछि पनि सिक्किमको नाम आउँदा सिक्किमका मन्त्री ज्युको ध्यानाकर्षण भएको जानकारी उँहाले गराउनु भयो ।

विगत दुई दशक भन्दा लामो समयदेखि आफु कलाकारीता क्षेत्रमा लाग्दै गर्दा पहिलो चोटि यस्तो घटना थाहा भएको र यस् कुराले विशेषत: सिँगो कलाकारिता क्षेत्र र दुई देश बीचको सम्बन्धमा केही असर नपरोस भन्दै आफु पनि यसै क्षेत्रमा रहेकाले सिक्किमका बारे यथार्थ कुरा राखि सबैलाई राम्रो होस् भन्ने उद्द्श्यले यथार्थ कुरा मिडियामा राखेको जानकारी गराउनुभयो साथै यो कुराको सम्पूर्ण प्रमाण पनि सिक्किमबाट आफुलाई प्राप्त भएको जानकारी गराउनुभयो ।

एकतिर नेपाल सिक्किमको सम्बन्ध अर्कोतिर कलाकार आयोजक बीचको सम्बन्ध लगायतका कुराहरुमा यस विषयले नराम्रो बनाएकोमा कलाकार तथा सिक्किमकि चेली समेत रहनु भएकी र देश र कलाकारले सबैलाई माया गर्नुपर्छ भन्ने चाहना रहेको कुरा पनि बताउनुभयो । साथै हामी नेपाली कलाकार र सिक्किम राज्यको बिचको सम्बन्ध सधैं सुमधुर होस, अन्ययमा कोहि पनि पर्नु हुंदैन, जो दोषी छ उसले सजाय अवश्य पाउला तथा नेपाली कलाकार र सिक्किम बीच रहेको सुमधुर सम्बन्ध संधै प्रगाढ रहिरहोस भन्ने उद्देश्य रहेको अभिनेत्री तथा निर्मात्री उमा गिरिले जानकारी गराउनु भयो ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *