
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
काठमाडौं, माघ १८ | तेजनेपाल
एउटै नाम भएको भन्दै दुई चलचित्र बीच अहिले एक मुद्दा विवादित रहेको छ । केहि वर्ष अघि निर्माण गरिएको तर प्रदर्शनमा नआएको चलचित्र ‘एक्टर’ र हालै निर्माण सम्पन्न भैइ भव्य प्रिमियर सम्पन्न गरि देशभ्र प्रदर्शन गर्न लागिएको चलचित्र ‘ एक्टर टेकवान’ बीच एउटै नाम भएको भनेर विवाद चर्किएको हो । तर माघ १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली चलचित्र ‘एक्टर’ र ‘एक्टर टेक वान’ का निर्माताहरु बीच सहमति भई अब देखि एक्टर टेक वान चलचित्र आजबाट देशभर प्रदर्शन भएको छ । लामो समयदेखि चलिरहेको दुई चलचित्रको नाम विवाददेखि प्रदर्शनसम्मको द्वन्दको अन्त्य भएको छ । अन्तत चलचित्र प्रदर्शन हुने भएको छ ।
एक्टर चलचित्र माघ ४ गते प्रदर्शन भए लगत्तै पानी पनि भन्न नपाई फ्लिम हलहरुबाट उतारियो । त्यसपश्चात् आफ्नो टृजर र भव्य प्रिमियर गरिएको एक्टर टेक वानको एक दिन अगाडि अदालतले प्रदर्शन रोक्का गरिदियो ।
माघ १७ गते “एक्टर (Actor)” चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रा.लि. तथा एक्टर-टेक वन (Aktor Take-One) का संयुक्त निर्माताहरु अदृत फिल्मस् प्रा.लि. तथा मोती फिल्म प्रा. लि. का विच एक्टर टेक-वन चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने सहमती गरियो ।