गायक थुमन शर्मा ढकाललाई सर्वोत्कृष्ट नव गायकको अवार्ड

काठमाडौं, माघ १४ | तेजनेपाल
पछील्लो समय गायन क्षेत्रमा उदाँउदै गरेका गायक थुमन शर्मा ढकालले भर्खरै सम्पन्न दोश्रो उपमा राष्ट्रिय अवार्ड २०२४ मा ‘लाको माया तर्की तर्की’ बोलको गीतबाट नव गायक विधाको अवार्ड प्राप्त गरेका छन ।

गायक स्वयमकै स्वर, शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा बिक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ भने निर्देशन बिशाल घिमिरेको रहेको छ । भिडियोलाई गायक स्वयमकै अफिसियल युट्युब च्यानल थुमन शर्मा मार्फत हेर्न सुन्न सकिन्छ ।

उपमा सञ्चार तथा तेजनेपाल मल्टीमिडियाद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रम मार्फत गायक ढकालले सो अवार्ड प्राप्त गरेका हुन ।

पृथ्वीनारायण नगरपालिका, गोरखा-१० मा जन्मिएका गायक शर्माले वि.स. २०६२ सालबाट ‘काँडा हौ तिमी फूल हौ’बोलको गीतबाट आफ्नो सांगितिक पाइला अघि सारेका हुन ।

गायन तथा लेखनमा औधी रुची राख्ने उनी हाल विदेश बसाइ भएका कारण आफुले यो गौरवान्वित कार्यक्रममा प्रत्यक्ष उपत्स्थिति हुन नपाएको भन्दै दुखेसो पोखे ।

अबका आउने दिनमा अझै राम्रो काम गर्ने हौसला मिलेको साथै यस्तो कार्यक्रमले अझै थप प्रोत्साहन र उर्जा मिल्ने भन्दै दर्शक श्रोता तथा आयोजक प्रती हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन ।

गायक शर्माले आफ्नो अफिसियल युट्युब च्यानल Thuman Sharma मार्फत छिट्टै नै आफ्नो नयाँ गीत र म्युजिक भिडियो बजारमा ल्याउने तयारीमा रहेको पनि बताए ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *