नेपाली चेली अनु डि.सि.को हिन्दी गीत एक कस्ती सार्वजनिक

काठमाडौ, पुस १८ | तेजनेपाल

गायिका अनु डि.सि. को हिन्दी गीत एक कस्ती को म्युजिक भिडियो सार्वजनिक भएको छ । सानैदेखि गीत संगीतमा रुचि राख्ने र त्यस्तै खालको संगीतमय घरेलु वातावरण हुर्के बढेकी उनी चर्चित अभिनेता शेर बहादुर डि सि कि सुपुत्री हुन । हाल अष्ट्रेलियामा अध्ययनरत उनी आफ्नो बुवालाई नै यो क्षेत्रमा आउने प्रेरणाको स्रोत मान्छिन ।

गीतमा पाकिस्तानका चर्चित संगीतकार बिलाल असादको शब्द संगीत रहेको छ भने अष्ट्रेलियाको मेलोडिया प्रोडक्सनमा गीतको रेकर्डिङ गरिएको हो ।

एन एस अटोमोबाईल्सको विशेष सहयोगमा निर्माण सम्पन्न भएको भिडियोलाई
नेपाल, दुबई, अष्ट्रेलिया लगायत विभिन्न ठाउँहरुको रमणीय दृश्य कैद गरेर बनाईएको हो। भिडियोलाई चर्चित निर्देशक तथा कलाकार शेर बहादुर डि सि ले निर्देशन गर्नुभएको छ भने अभिनय गायिका अनु डि सि कै रहेको छ । भिडियोको छांयाकन तथा सम्पादन सुशील डांगी, स्क्रीन प्ले स्मृति तिम्ल्सिना(गुरुआमा), मेकअप सरिता मगरको रहेको छ ।


भिडियो एक्सन मिडियाको अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *