मनोहरी थापाको ‘एक्टर’को ट्रेलर सार्वजनिक, माघ ४ बाट देशभर प्रदर्शन


काठमाडौं पुष १२ । तेजनेपाल

आगामी माघ ४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने चलचित्र ‘एक्टर’को ट्रेलर ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको छ ।

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण चलचित्र ‘एक्टर’का निर्माता पत्रकार मनोहरी थापा हुन् ।

‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गीरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।

मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

ट्रेलर हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=4BZeA_b1pig&ab_channel=OSRDigital

About Tejnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *